भक्तपुरमा होम आइसोलेसनमै कोरोना संक्रमितको मृत्यु


भदौ १४, काठमाडौं । भक्तपुरमा कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–१ दूधपाटीका बासिन्दा उनको आइतबार विहान मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यलय भक्तपुरका जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए ।

उच्च रक्तचाप र महुमेहको समस्या देखिएका ति पुरुषमा कोरोना संक्रमणको लक्षण भने देखिएको थिएन । उनी आफै खाना खान नसक्ने समस्या भएकाले परिवारकै आग्रहमा होम आइसोलेसनमा राखिएको मिजारले बताए ।

भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते (शुक्रबार) संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेको मिजारले जानकारी दिए ।

१४ भाद्र २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको