पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि


साउन १५, काठमाडौँ — पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट काठमाडौंका ४१, भक्तपुर ५ र ललितपुरका २ जना छन् ।

यसैबीच बितेको २४ घण्टामा मुलुकभर २७४ कोरोना संक्रमित थपिएको छन् ।

१५ श्रावण २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको