मृत्यु शैय्याबाट गुहार मागिरहेको छापामार कमाण्डर


क्यान्सरजस्तो प्राणघातक रोगसँग लडिरहेका युवा हुन् सिन्धुपाल्चोक सुनखानी गाउँपालिका वडा नम्बर ५ निवासी मेरो जनयुद्ध सहकर्मी नैन बहादुर तामाङ (क.जमिन) । अन्तिम सत्य मृत्यु हो, त्यो सत्यलाई सजिव जाति सबैले आत्मसाथ गर्नैपर्छ । तर नावालक छोराछोरीको लागि भएपनि एक दिन बढि बाँचौ र टुहुरा हुने दिन केही लम्ब्याउने अन्तिम इच्छा छ उनको ।

उनी युद्धमा कहिल्यै हारेनन् तर युद्धमा नहारेको कमाण्डर आफ्नै जीवनसँग हारेको छ आज । १० वर्षे जनयुद्धका सहकर्मी । युद्ध लड्दाको बेलामा जसले दुश्मन करार गरे तिनीहरुको आदेशमा दुश्मनको क्याम्पमा धावा बोल्न जाँदा पटक–पटक घाइते उनी । हाम्रो युद्धको अन्तिम मोर्चा सिन्धुपाल्चोकको चौतारा मोर्चामा पनि उनी घाइते भए । त्यही भयावह दिनको उपहार, तीनै चोटबाट अहिले क्यान्सरजस्तो डरलाग्दो रोगसँग लड्दै छ क्रान्तिकारी वीरयोद्धा । उनलाई कहिल्यै पनि लागेको थिएन कि, युद्ध जीतेर जीवनसँग हारेर बाँच्नेछु भन्ने । युद्धमा कहिल्यै नझुकेको त्यही योद्धा अहिले मृत्युशैय्याबाट झुकेर जीवनको भिख याचना गरिरहेका छन् तपाइँ हामीसँग ।

सानो उमेरमा परिवर्तनका सपना देखाउनेहरुको पछि लागेर हिँड्ने प्रत्येक इमान्दार छापामार र पार्टी कार्यकर्ताको अन्तिम जीवन सत्य हो यो । अवसर लुट्नेहरु हवेली महलमा शयर गर्दैछन् । इमान्दारहरु प्रत्येकदिन आउने भयावह दिन र मृत्युलाई अँगालेर बाँचिरहेका छन् । युवावस्थामा टेक्दै गर्दा घरमा बास बस्न आउने नेपाल कम्युनिष्ट माओवादी पार्टीका नेताहरु अग्नीप्रसाद सापकोटा, कृष्णप्रसाद सापकोटा, ध्रुव पराजुली, झम्मप्रसाद पराजुली, दावा लामाजस्ता क्रान्तिकारी विचार बोकेका अनगिन्ती नेताहरुले गरेको कुरा सुने । त्योबेला जताजतै रातोतातोको वातावरण थियो कसैले सुशासनको कुरा गरे । कसैले थितिका कुरा गरे, कसैले बेथितिका कुरा गरे कलिलो उमेरमा नै । वर्गसंर्घषको कुरा जातिय, विभेदका कुरा लैंगिक हिंसाको कुरा र समग्र व्यवस्थाको परिवर्तनको कुरामा विश्वास गरेर आफ्नो युवाअवस्था समाज देश परिवर्तनमा सर्मपित गर्ने महान योद्धा । अझ भनौँ सिन्धुपाल्चोकबाटै जनमुक्ति सेनाको कमाण्डर बनेका सरल सहयात्री (क.सरल) युवराज दुलाल (क.सरद) रामप्रसाद सापकोटा (क.दिपशिखा)हरु जस्ता कमाण्डरहरुको कमाण्डमा युद्ध लडेको एउटा सिपाही ।

युद्ध छापामार निकै उत्साहित देखिन्थ्यो उ पूर्वी कमाण्डमा हुने हरेक फौजी मोर्चाहरुमा । उ निर्धक्क लड्यो उ आफ्नो जीवनको बाजी राखेर लड्यो दुश्मनको क्याम्पहरुमा डाइनामाइट बकेर पड्कियो र पनि उ बाँच्यो त्यो संगीन परिस्थितिमा । यदि उ मरेको भए आजको पार्टीको यो अवस्था र भौतिक पीडा भोग्नुपर्ने थिएन उसलेपनि । तपाइँहरुकै आदेशमा सयौं दुश्मनको क्याम्पहरु ध्वस्त बनायो र पनि उ बाँच्यो आफ्नो जिम्मेवारीलाई निर्धक्क पुरा ग¥यो । उसले लडेर पुरा गरेको जिम्मेवारीबाट पदप्रतिष्ठा प्राप्त गर्नुभएका नेताज्युहरु यदि जमिनहरुको आत्माले तपाइँहरुलाई सराप्ने छ नी, अनि दिन गन्ती पनि शुरु हुन्छ होला है तपाइँहरुको ।

कसरी सक्नुभएको होला है तपाइँहरुले एउटा सहयोद्धा छापामार उपचार गर्ने पैसा नभएर अस्पतालबाट निकालिदाँ सडक पेटीमा बसेर तपाईहरुसँग जीवनदान मागिरहदाँ पनि व्यवास्ताको नजरमा पर्छ भने हिजोको विषम परिस्थितिमा ती योद्धाहरुले आफनो छातीका गोलि थाप्न तयार भएर तपाइँहरुलाई बचाउनुको के अर्थ थियो त? साँच्चै तपाइँहरुले पाएको पदले सन्तुिष्ट त मिलेको होला तपाइँहरुलाई तर लाखौँ कार्यकर्ता र जनताको आत्माले शान्ति पाएको छैन । हो तपाइँहरुसंगै लडाइँ लड्ने हामी तपाइँहरुलाई गद्दार करार गर्न नसकौँला । त्यो हैसियत नराखौँला तर इतिहासले तपाइँहरुलाई पक्कै पनि गद्दार करार गर्ने नै छ । किनकी त्यो इतिहास तपाइँ हाम्रो नियन्त्रणभन्दा बाहिर हुनेछ ।

हरेक आदेश लाई सिरोपर गरेर युद्ध लडेको सिपाहीको भौतिक वलिदानबाट प्राप्त भएको सत्ताको भत्तामा मस्त रमाउनुहुने आदरणीयहरु हिजो तपाइँको आदेश पालन गर्दा घाइते अपाङ्ग भएकाहरुलाई हेर्ने कसले हो अब ? अनि यी सिपाहीहरु सडकमा मरिरहँदा तपाइँहरु सत्ताको भत्तामा कसरी रमाउन सक्नु भएको हो ? दया लाग्दैन नाफाको जीवन बाँचेर आएका विषम परिस्थितिका सहयोद्धाहरुसँग । तपाइँहरु पो ठेकेदार दलाली, जालीझेली, भ्रष्टचारी, घुसखोरीको घेरामा हुनुहुन्छ र पैसोको खाँचो छैन् तर तपाइँहरुको आदेशलाई सिरोपर गरेर तपाइँहरुलाई यो हवेलीमा विराजमान गराउने सिपाहीहरुको जीवन पनि एकपटक हेराँै न । वा तिनीहरुलाई एकपटक भेटौँ न । तिनीहरुलाई भेट्दा पक्कै पनि तपाइँहरुको इज्जत जाँदैन । गएछ भने पनि सुनपानी छर्कनुहोला र चोखिनु होला ।

खोला त¥यो लौरो बिस्र्यो । नेपाली उखान जमिनको हकमा पनि लागु भयो । उसको युवा अवस्थालाई भ¥या◊ बनाएर नेताहरु राज्यसत्ताको तर मारिरहेकै छन् विडम्बना त्यो भ¥या◊ बनिदिएकाहरु पलपल मरिरहेका छन् सडक किनारामा ।

रिसानी माफ होला कसैले यो खवर तपाइँसामु पु¥याइदिए भने अरिंगाल लगाएर नखेद्नु होला । क.जमिन त्यही घरको जनमुक्ति सेनाको योद्धा हुन् ठोकर्पा भिडन्तपछि बहालवाला उर्जामन्त्री बर्षमान पुन क.अनन्त, कृष्णप्रसाद सापकोटा, क.देशबन्धु, माननिय श्री ओनसरी घर्ती मगर दुश्मनले गरेको बमबाँडबाट बचेर सेल्टर लिएको घर । कस्तो विडम्बना त्यही घरमा सेल्टर लिएर बस्नेहरु अहिले देशको नितिनिमार्णको तहमा छन् विचरा क. जमिन पैसाअभावमा उपचार नपाएर जीवनको अन्तिम भिख मागिरेहका छन् । लौन जनयुद्धको नेतृत्व गरेर सरकारको नेतृत्व गरिरहनु भएका नेतागणहरु जमिन जस्तो भुइँमान्छेलाई पनि सहयोग गरिदिनुस् । उनी क्यान्सरसँग लडेर पलपल मरेर बाँचिरहेका छन् । जनयुद्धको सपना बेचेर कमाएको सम्पत्ति चाहिएको छैन जमिनलाई उपचार गर्न । तर राज्यले निशुल्क दिने स्वास्थ्य सेवा मात्र भएपनि व्यवस्था मिलाइदिनुस् कृपया । यदि यति पनि गर्न सक्नुभएन भने तपाईहरु हवेलीमा बसेर यो विरयोद्धा म¥यो भने हत्यारा करार को होला ?

क. जमिनजस्तै निमुखा जनता दैनन्दिन यसैगरी पिल्सिएका छन् रोगसँग । कस्तो खालको गणतन्त्र ल्याएका रहेछौँ त नेतागण कमाण्डरहरु हामीले ? हिजो युद्ध लडेका मानिस आज राज्यबाट यति धेरै घृणित र अपमानित भएर बाँच्नुपर्ने हो ? वा उसले पाउने नैसर्गिक अधिकारसमेत नपाएर मर्नुपर्ने हो ? तपाइँहरुको पो वर्ग फेरियो र हिजोको युद्ध लडेका सिपाही बिर्सनु भयो । हामी तपाइँसँगै युद्ध लडेकाहरुले त कहाँ कमाण्डर बिर्सन सकिँदो रहेछ र ? यही पुकार छ क.जमिनको एक पटक भए पनि तपाइँहरुलाई भेट्ने इच्छा अनि मनभरी भएको जनयुद्धको गाथा सुनाएर बिदा हुने चाहना ।

क. जमिन तपाई यो बिषम परिस्थितिसंग लडेर युद्धमोर्चाको जस्तै विजय हासिल गर्नुहुने छ । तपाइँलगायत सुरेन्द्र पुरी क.बलिदानको पनि शिघ्र स्वास्थलाभको कामना गर्दछु । यो कालो दिन हटेर फेरी पनि हामी तपाईसंग उही क्रान्तिकारी जोस र उमंगका साथ भेट्ने छौँ ।

(क्यान्सरपीडित नैन बहादुर तामाङ् (क.जमिन)लाई उपचारकै क्रममा पैसा अभाव भएपछि क्यान्सर अस्पताल भक्तपुरले अस्पतालबाट निकालिदिएको छ । उहाँको उपचारका लागि सहयोग गर्न चाहनुहुने महानुभावले ९८४९३७०२१२ नम्बरमा सम्पर्क गरेर मानविय धर्म गरिदिनु विनम्रताका साथ अनुरोध छ ।)

१५ श्रावण २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको