उ मान्छे होइन चेपाङ थियो


घर होइन गोठ थियो,
मान्छे होइन चेपाङ गुल्टियो।
पुस्ता पुस्तौ वनका मालिकसङ्ग,
वनमन्त्री र नश्लवादिहरु थरथराहट छ्न ।
किनकी भुमीपुत्रहरु
जङ्गलका जङ्गल सखाप पार्ने
नदि बगर उजाड पार्ने
घुसखोर अघोर र तस्कर झै
स्वीस एकाउन्तमा डलर खसाउन सक्दैनन् ।
यसैले दुई छाक तार्न
निउरो र च्याउ खोज्ने,
रुख कात्न पुजा गर्ने निरही निमुखा मारिन्छन् ।
गाईको मासु खाने जेल
मान्छेको रगत पिउने उनमुक्त हुन्छन् ।
यो नश्लिय कानुनका रखवालाहरु
बहादुर हुतिहाराहरु
सिमामा मधेसीहरु सहिद हुदा
तिमीहरु बस्ती जलाउदै भनिदेउ
घर होईन गोठ थियो।
निउरो तिप्दा मारिनेको आमालाई भन
मान्छे होइन चेपाङ थियो।

याङो स्रो मगर
रुकुम पुर्ब

२०७७ श्रावण १५,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको