साउदी मोर्चाद्वारा महाबाणिज्यदुत र श्रम सहचारीको बिदाई


पोष्टपाटी साउदी । कोरोनाको महामारी बिचमा पनि भौतिक दुरी कायम राख्दै नेपाली जनप्रगतिशिल मोर्चाले नेपाली दुताबास साउदीका महाबाणिज्य दुत र श्रम सहचारीलाई बिदाई गरेको छ । मोर्चाका सल्लाहकार तिर्थ पाख्रीनको उपस्थितिमा आफ्नो कार्यकाल सकेर नेपाल फर्कन लागेका महाबाणिज्य दुत रेवती रमण पौडेल र श्रमसहचारी राजु कुन्वरलाई बिदाई गरिएको हो ।

साउदी अरबको पश्चिमी क्षेत्रस्थित नेपाली महाबाणिज्य दूतावास जेद्दाका महाबाणिज्य दुत पौडेल र श्रमसहचारी कुन्वरलाई मोर्चाले मायाको चिनोस्वरुप पुष्पगुच्छाका सगरमाथा र नेपाली झन्डाको फोटोफ्रेम सहित बिदाई गरेको छ ।

बिदाइको क्रममा महाबाणिज्य दूतावासले आफ्नो कार्यकालमा हजारौ नेपाली श्रमिकहरुको समस्या समाधान गरेको र नेपाली जनप्रगतिशिल मोर्चाको सहयोगबाट मात्रै लगभग सयजनाको हाराहारीमा उद्धार गरिएको दुतावासले बतायो ।

मोर्चाका सल्लाहकार तिर्थ पाख्रीनले महावाणिज्य दुत रेवती र श्रमसहचारी कुन्वरलाई विशेष धन्यवाद दिदै आउने नयाँ बाणिज्य दुत र श्रम सहचारीहरुलाई आफुहरुले चाडै स्वागत गर्न आतुर रहेको र उहाँहरु पनि रेउती र कुन्वर जस्तै मज्दुरहरुको समस्यालाई समाधान गर्नुमा कुनै कसर बाकी नराख्ने कुरामा आफू बिश्वस्त रहेको कुरा ब्यक्त गर्नुभयो ।

नयाँ आउने श्रम सहचारी र बाणिज्य दुतहरुलाई पनि आफुहरुले पहिलेकै जस्तो साथ र सहयोग दिने प्रतिबद्धता मोर्चाका अधिकारी कैलाश मैनालीले बताउनु भयो ।

त्यस्तै बाणिज्यदुत र श्रमसहचारीले नेपाली जनप्रगतिशिल मोर्चाले गर्दा दूतावास पुग्न नसकेको कयौं नेपालीहरुलाई दुतावासको सम्पर्कमा पु-याउने गरेको र ती पिडितहरुलाई उद्धार गर्नमा कुनै कसर बाकी नराखेको धारणा राख्नु भएको थियो ।

विशेषगरि मोर्चाले पीडितहरुको समस्या समाधानमा कुनै प्रचारबाजी नगरेकोमा खुसी ब्यक्त गर्दै मोर्चा अन्य संघसंस्था जस्तै प्रचारमुखी नभएकोमा मोर्चालाई सधन्यवाद सहित खुसी ब्यक्त गर्नुभयो ।

१५ श्रावण २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको