मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार ५ सय नाघ्यो


असार १६, काठमाडौं । नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा आज थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट २९ जनाले ज्यान गुमाएका छन् |

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६० रहेको छ ।नेपालमा अहिलेसम्म ३ हजार १९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

२०७७ असार १६,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको