कोरोना महामारीकै बेला चीनमा फेरी अर्को नयाँ भाइरस फेला !


असार १६, काठमाडौं | कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनिरहेको बेला फेरी चीनमा अर्को नयाँ भाइरस देखा परेको छ | चीनमा फ्लू भाइरस देखिएको वैज्ञानिकहरुले बताएका छन् । बैज्ञानिकहरु ले यस नयाँ भाइरसले पनि महामारीको रुप लिन सक्ने बताएका छन् ।

सुँगुरमा भेटिएको यो भाइरस मानिसमा पनि सर्न सक्ने भन्दै अनुसन्धानकर्ताहरु चिन्तित देखिएका छन् । इन्फ्लुएन्जा इन्भेष्टिगेटर रोबर्ट वेबस्टरका अनुसार यस भाइरसको सरंचनामा परिवर्तन हुने र मानिस-मानिसबीच सर्न सक्ने किसिमको छ ।

त्यसैले यो पनि महामारीको रुपमा फैलिन सक्ने अड्कल लगाइएको छ । चीनमा सुँगुरको संख्या बढी भएकाले पनि यो भाइरस फैलिनसक्ने बताइएको छ । एजेन्सी

२०७७ असार १६,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको