रवि ओडको नयाँ गीत ‘तिमी बिजी टिकटकमा’सार्वजनिक (भिडियोसहित)


असार १६, काठमाडौं । नेपाल आइडल सिजन २ विजेता रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ | रवी ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सार्वजनिक भएको हो ।

भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल ‘बले’को अभिनय देख्न सकिन्छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतमा गायिका सम्झनाले संगीत भएकी छिन् ।

निसान घिमिरेको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेकै सम्पादन रहेको छ । भिडियोमा टिकटकले परिवारमा पुर्याएको समस्यालाई रमाईलो तरिकाले देखाइएको छ ।

२०७७ असार १६,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको