दाङमा अज्ञात समूहद्वारा वडाध्यक्षमाथि कुटपिट


असार १६, काठमाडौं । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षमाथि कुटपिट भएको छ ।

वडा कार्यालयस्थित आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले आक्रमण गरेको हो |

उनीमाथि करिब साढे ११ बजेको समयमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार चार/पाँच जनाको समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उनको टाउको र हातमा चोट लागेको छ । वडाध्यक्ष डाँगीमाथि कुटपिट हुनुका साथै उनीहरुले कालोमोसो दल्ने प्रयास समेत गरेको थिए ।

घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा लगिएको छ ।

वडाध्यक्ष डाँगीमाथि कसले र कुन समूहले किन आक्रमण गरेको हो भन्नेबारे अहिले खुल्न नसकेको र आक्रमण गर्ने समूहको खोजीकार्य भइरहेको प्रहारीले जनाएको छ ।

२०७७ असार १६,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको