विप्लव नेकपाले भन्यो-‘रुकुम ह’त्याका’ण्डका अपरा’धीलाई सरकारले कारबाही नगरे हामी गर्छौं’


जेठ १७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले कथित उच्च जातीय अ’हंकार र वि’भेद प्रदर्शन गरी रुकुममा भएको ह’त्याका’ण्डप्रति खेद प्रकट गर्दै दो’षीमाथि सरकारले का’रबाही नगरे कार’बाहीका लागि पार्टीले पहल लिने जनाएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी राजकुमार राईले विज्ञप्ति जारी गर्दै उक्त ह’त्याका’ण्डमा संलग्न केटी पक्षका योजनाकारलगायत सबैलाई छानबिन गरी कानुनी का’रबाही नभएमा र पीडित ६ जनाका आफन्तलाई उचित न्याय नदिलाइएमा घटनामा संलग्नलाई कारबाही गर्न पार्टीले पहल लिने धारणा सार्वजनिक गरेका हुन् ।

२०७७ साल जेठ १० गते रुकुमपश्चिम चौरजहारी नपा वडा नं. ८ मा भएको नि’र्मम ह’त्याको घटनाप्रति नेकपा जाजरकोटले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जाजरकोट जिल्ला भेनपा वडा नं. ४ बस्ने मोहन विकका छोरा नवराज विक र रुकुमपश्चिम चौरजहारी नपा वडा नं. ८ सोती बस्ने वीरबहादुर मल्लकी छोरी सुष्मा मल्लबीच लामो समयसम्म प्रेमसम्बन्ध रहँदै आएको र वैवाहिक जीवनमा बाँधिने समय आउँदै गर्दा केटी पक्षले र सम्बन्धित वडाका सत्ता प्रतिनिधिले समेत जातीय भेदभाव र छुवाछूत चिन्तनका कारण उक्त घटना सोही पक्षबाटै गराइएको पुष्टि भएको पनि नेकपाले जनाएको छ ।

‘नेपालमा राजतन्त्रात्मक सामन्ती व्यवस्थाको अन्त्य भई सङ्घीय गणतन्त्र नेपालको स्थापना भइसक्दा पनि जातीय भेदभाव र छुवाछूतको कुसंस्कारले जरा गाड्दै जानुले वर्तमान राज्यव्यवस्थाप्रति गम्भीर प्रश्नचिह्न खडा भएको छ । संविधानमा जातीय भेदभाव र छुवाछूत गर्नेलाई कानुनी सजाय हुने भनिएको छ तर व्यवहारमा जाँदा कथित ठूला जातिले साना जाति भनिएकालाई गर्ने व्यवहार र विभेदमा उही पुरानै सामन्ती संस्कार र चिन्तन हाबी हुनुले व्यवस्थाका नाममा नयाँ शासन प्रणाली पुरानै भएको दिनको घामझैँ छर्लङ्ग हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

वर्तमान व्यवस्था कम्यु्निस्ट सरकारको उपेक्षित जातिप्रतिको दृष्टिकोण पुरातन नै भएको बताउदै नेकपाले संस्कृतिमा क्रान्ति नभएर प्रतिक्रान्ति भएको बताएको छ ।

केटी लिन जाँदा केटी पक्षले र स्वयम् सत्ता प्रतिनिधिको संलग्नतामा योजनाबद्ध ढङ्गले करिब १५० जनाको समूहले घेरा हाली नवराज विकसहित ४ जनालाई कु’टीकु’टी बी’भत्स ढङ्गबाट ह’त्या गरिएको र थप २ जनालाई अझै बेपत्ता बनाइएको नेकपाले जनाएको छ ।

नेकपाले केटी पक्षका योजनाकार र घटनामा संलग्न सबैलाई कानुनी कारबाही गरि पीडित ६ जनाका आफन्तलाई उचित न्याय दिलाउन सरकारसँग माग गरेको छ । सत्यतथ्य छानबिन नगरिएमा र घटनाका दोषीलाई कानुनी कठघरामा नउभ्याइए नेकपाले कारवाही थाल्ने चेतावनी समेत दिएको छ ।

२०७७ जेष्ठ १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको