बालुवाटारमा मन्‍त्रिपरिषद् बैठक जारी


जेठ १७, काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।

बैठकमा विदेशमा रहेका नेपाली ल्याउने विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सुरक्षा परिषदको बैठक लगत्तै मन्त्रिपरिषद् बैठक सुरु भएको हो । बैठकमा विदेशका नेपाली ल्याउन सरकारले गरेको तयारी र थप व्यवस्थापनको विषयमा छलफल भइरहेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि समस्यामा परेका नेपालीलाई ल्याउने तयारी सरकारले गरेको छ।

विदेशमा भिसाको म्याद सकिएका, अलपत्र परेका र रोजगारी गुमेका नेपालीलाई आवश्यकता हेरेर स्वदेश फर्काउने सरकारको तयारी छ ।

२०७७ जेष्ठ १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको