प्युठानमा क्वारेन्टिनमा मृत्यु भएकाको पिसिआर रिपोर्ट आयो

फाइल तस्बीर

जेठ १७, काठमाडौं । प्युठानमा यही जेठ १३ गते क्वारेन्टिनमा मुत्यु भएकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बस्दै आएकी महिलाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

ती महिलाले लामो समयदेखि भारतमा बे्रन ट्युमरको उपचार गराइरहेकामा चिकित्सकले निको नहुने भनी घर पठाएका थिए ।

उनीसंँगै क्वारेन्टिनमा बसेका उनका श्रीमान्, आमा, भाइ र दुई छोराको यसअघि आरडिटी रिपोर्ट नेगेटिभ आएको थियो । रासस

२०७७ जेष्ठ १७,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको