कपिलवस्तुमा क्वारेन्टाइनमा बसेका ५ जनालाई घर पठाइयो


चैत १७, कपिलवस्तु । कपिलवस्तुका क्वारेन्टाइनमा बसेका ५ जनालाई  घर पठाइएको छ ।

जिल्लाको शिवराज नगरपालिकाले निर्माण गरेको क्वारेनटाइन वाट १ जना र यशोधरा गाउँपालिकावाट ४ जनालाई सोमबार डिस्चार्ज गरिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोले घर पठाइएको शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले बताए ।

यता जिल्लाका १० स्थानिय तहमा १ सय ७७ जना नागरिकहरुलाई क्वारेनटाइनमा राखिएको छ । एक दिन अघि जिल्ला भर जम्मा ८५ जना रहेका थिए । रोजगारीको लागि छिमेकी मुलुक भारत तथा खाडिवाट आएका नागरिकहरुलाई सिधै क्वारेनटाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए । जनप्रतिनिधि र प्रहरी लगाएर विदेश वाट आएका नागरिकहरुलाई खोजि खोजि क्वारेन्टाइन राखिएको छ ।

जिल्लाको भारतसँग जोडिएको कृष्णनगर नगरपालिकाको क्यारेन्टाइनमा सबै भन्दा धेरै ४४ जना रहेका छन् । त्यस्तै महाराजगंज नगरपालिकामा ३ जना, शिवराज नगपालिकामा १० जना,वाणगंगा नगरपालिकामा १ जना,बुद्धभुमी नगरपालिकामा ४ जना, कपिलवस्तु नगरपालिकामा १९ जना रहेको छन् । विजयनगर गाउँपालिकामा ४० जना,मायादेवी गाउँपालिकामा २७ जना,यशोधरा गाउँपालिकामा २ जना र शुद्धोधन गाउँपालिकामा २७ जना रहेको पौडेलले बताए ।

क्वारेन्टाइन कक्षमा रहेका नागरिकहरुको अवस्था सामान्य रहेकोले आइसुलेसनमा राख्ने अवस्था नरहेको उनले बताए । जिल्लामा ८ वटा आइसुलेसन वेड तयार पारिएको छ । क्वारेन्टाइनमा रहेका अधिकांश नागरिकहरु भारतवाट नेपाल फर्किएका छन् । उनीहरुलाई खाना बस्न र चिकित्सको निगरानीमा राखीएको पौडेलले जानकारी दिए । जिल्ला प्रशासनका अनुसार सोमवार साझसम्म कोही पनि कोरोना संक्रमित भेटिएका छैनन् ।

१७ चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको