चैत १७, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङ्गटार नगर समितिले तत्काल सुरक्षासहितका राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।
सोमवार एक प्रेस विज्ञप्ति जारि गर्दै नेकपा पालुङ्गटार नगर समितिले नगरवासी जनतालाई तत्काल राहत प्याकेज घोषणा गरि कार्यान्वयन गर्न सम्बन्धित निकायसंग माग गरेको हो।
नेकपा पालुङ्गटार नगर समितिका अध्यक्ष विवश चिन्तन ‘अजय’द्वारा हस्ताक्षरित विज्ञव्तिमा नगर भित्र सुबिधा सम्पन्न क्वारेन्टाइन निर्माण गर्न माग गरिएको छ। विज्ञप्तिमा नगरभित्रका मजदुर तथा श्रमिकहरुको तथ्याङ्क संकलन गरि उनीहरुलाई उचित राहतको व्यावस्था गर्न माग गरिएको छ ।
‘नगरवासीको घर-घरमा दैनिक उपभोग्य सामग्री पुर्याउने व्यावस्था गरियोस’ विज्ञप्तिमा भनिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट नगरवासीलाई सुरक्षित राख्न विदेशबाट आएकाहरुको पहिचान गरि उचित स्वास्थ्य परिक्षण गर्न समेत माग गरिएको छ।
हेर्नुस विज्ञप्ति
प्रतिक्रिया दिनुहोस