सल्यानमा विदेशबाट आएका २२ जनाको घरमा पुगे स्वास्थ्यकर्मी र सुरक्षाकर्मी


चैत्र १७, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले विदेशबाट फर्किएका २२ जनाको घरमै पुगेर होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

स्वास्थयकर्मी तथा सुरक्षाकर्मीहरु उनीहरुको घरमै पुगेर कोरोना सम्बन्धी परामर्श गरि होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

भारतबाट फर्किएका १३ जना, साउदीबाट फर्किएका ५ जना, कतारबाट फर्किएका २ जना र मलेसियाबाट फर्किएका २ जना गरी २२ जना विदेशबाट फर्किएको स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले जानकारि दिए । उनीहरुलाई दुई साता घरको छुट्टै कोठामा बस्न र अरु ब्यक्तिसंगको सम्पर्कमा नजान आग्रह गरिएको उनले जनाए ।

यस्तै कपुरकोट ४ गाँडापानीमा मजदुरी गरि स्याङ्जाबाट फर्किएकाहरुलाई पनि परामर्स दिइएको कोभिड– १९, हेल्थ डेस्क कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले जनाए । प्रहरी चौकी कपुरकोटका ईन्चार्ज दत्त बहादुर मल्ल, शंकर के सी लगाएत गाँडापानी पुगेर कोरोनाबाट बच्ने उपायका बारेमा जानकारि दिएको उनको भनाई छ ।

साथै देशभर लागू भएको लकडाउन कार्यान्वयन गर्न तथा गाउँमा तास, क्यारेम बोर्ड, भलिवल नखेल्न, जाँड रक्सी सेवन नगर्न पनि सुझाइएको थियो । गाउँपालिकाका जनप्रतिनिधीहरु लकडाउन कार्यान्वयन गराउन र कोरोना बारे सचेतना र्फलाउन माईकिङ गर्दै गाउँगाउँमा खटिएको पनि फोकल पर्सन सेनले जनाए ।

१७ चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको