सहायताको नाममा चन्दा उठाएर आफूखुसी वितरण गर्न नपाउने [विज्ञप्ति]


चैत १७, काठमाडौं । गृह मन्त्रालयले लक डाउनका बेला नागरिकले सहायताको नाममा चन्दा उठाउने र आफूखुसी वितरण गर्न नपाउने निर्णय गरेको छ ।

आइतबार आपूर्ति व्यवस्थापनलाई सहज बनाउन गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले सहयताको नाममा चन्दा उठाउन र वितरण गर्न नपाउने निर्णय गरेको हो । कुनै संघ, संस्था वा व्यक्तिले सहायता दिन चाहेमा भने स्थानीय तहमा सम्पर्क गरी वितरण गर्न सकिने छ ।

त्यस्तै मन्त्रालयले आपूर्ति व्यवस्थापनलाई सहज बनाउने जिम्मा स्थानीय तहलाई दिएको हो ।

स्थानीय तहले तोकेको मापदण्डअनुसार सामग्री भएमात्रै स्वीकार गर्ने र वडास्तरीय समितिमार्फत वितरण गर्नुपर्ने गृहको निर्णय छ ।

हेर्नुस विज्ञप्ति

२०७६ चैत्र १७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको