स्वास्थ्य मन्त्रालयले भन्यो- ‘हरेक मृत्युलाई कोरोनासँग जोड्दा मलामी जानेसमेत नपाउने समस्या देखियो’


चैत १७, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस (कोभिड–१९) सँग नजोड्न आग्रह गरेको छ ।

मन्त्रालयले अरु रोगबाट समेत मानिसहरुको मृत्यु हुने गरेको भन्दै मृत्यु भएका सबैलाई कोरोनासँग जोड्दा समाजमा कोही मलामी जानेसमेत नपाउने समस्या देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले त्यस्तो प्रचार हुनु दुःखद भएको बताएका छन । ‘जो मरे पनि कोरोनाले भन्ने हल्ला चलाइँदा गाउँघरमा मानिसहरु मलामीसमेत जान छोड्ने अवस्था आएको छ’, कार्कीले भने ।

कोरोना संक्रमण हुँदैमा सबै मानिस मरिहाल्ने नभएकाले धेरै नआत्तिन पनि उने आग्रह गरेका छन् । कोरोना संक्रमित ८० प्रतिशत मानिसमा कोरोनाले सामान्य रुघाकोखी भन्दा पनि कम असर गर्ने उनले दावि गरे ।

१५ प्रतिशतलाई मात्र अस्पताल भर्ना नगरी आराम गरेर औषधि खाए पुग्ने र बाँकी ५ प्रतिशत मात्र अस्पताल भर्ना हुनुपर्ने उनले बताएका छन् । डा. कार्कीले हालसम्म विदेशबाट आएकाहरुमा मात्र कोरोना संक्रमण पुष्टि भएकाले स्थानीय रुपमा कोरोना नआइसकेको दाबी समेत गरेका छन् ।

२०७६ चैत्र १७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको