दाङमा एक घरमा आगलागी


चैत १७ , दाङ । दाङको बबई गाउँपालिकामा एक घरमा आगलागी भएको छ ।

ईलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी निरीक्षक मोहनविक्रम केसीका अनुसार बबई गाउँपालिका वडा नं. ५ स्थित मङ्त कामीको घरमा आगलागी भएको हो । आगलागीबाट घर जलेर नष्ट भएको छ ।

सोमबार दिउसो १ बजेबाट शुरु भएको आगलागीबाट करिब डेढलाख बराबरको क्षति भएको उनको भनाई छ । घरभित्रको सबै सामग्री जलेर नष्ट भएको उनको भनाई छ । आगलागीलाई दिउसो ३ बजेतिर प्रहरी, दमकल तथा स्थानीयको सक्रियतामा नियन्त्रणमा लिईएको हो ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागी हुनुको कारण पत्ता लागेको छैन भने यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

१७ चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको