कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु


चैत १७, काठमाडौं । वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ ।

यही साता भारतबाट नेपाल आएकी ती युवतीलाई सोमबार बिहान बिर अस्पताल ल्याइएको थियो ।

बेहोस अवस्थामा अस्पताल ल्याइएकि उनलाई ज्वरो आउनुका साथै सास फेर्न पनि गाहो भइरहेको वीर अस्पताल स्रोतले जनाएको छ ।

कोरोनाको आशंकामा उनको नमुना टेकु ल्याबमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको छ । ती युवती काठमाडौँको चन्द्रागिरि नगरपालिका १५ की भएको बताइएको छ ।

यो पनि पढ्नुस 

वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको मृत्यु

२०७६ चैत्र १७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको