सल्यानमा १ सय ५० बढी बिपन्न परिवारलाई ३ लाख बराबरको खाद्यान्न वितरण


चैत १७, सल्यान । सल्यानकाे दार्मा गाउँपालिकाको एक परिवारले १ सय ५० भन्दा बढी विपन्न घर परिवारलाई ३ लाख बराबरको खाद्यान्न बितरण गरेको छ ।

काेराेना भाइरसका कारण सरकारले गरेको लकडाउनकाे निर्णयलाई सहयोग गर्न र विपन्न जनतालाई समस्यामा पर्न नदिन दार्मा गाउँपालिका वडा नम्बर ५ का विपन्न वर्गलाई सामाग्री वितरण गरियकाे हाे ।

वि.पि बिचार राष्ट्रिय समाज सल्यानका जिल्ला सदस्य, तरुण दल दार्मा गाउँपालिका सल्लाहकार तथा नेपाली काग्रेसका युवा नेता बिशाल शिंह र संयुक्त शिंह परिवार लगायतकाे सहभागितामा बिशाल शिंहका हजुरबुवा नेपाली काग्रेस ढाकाडामका पुर्व सस्थापक नेता भेद बहादुर सिहंको सम्झना स्वरुप प्रति व्यक्ति एक बाेरा चामल, एक लिटर तेल, एक माक्स र एक वटा साबुन बितरण गरेका हुन ।

वडा नम्बर ५ निवासी उक्त परिवारले अाफ्नै वडाका जलेखर्क, पातिहाल्न र ढाकाडाम काेटका विभिन्न बर्गलाई खाद्यान्न बितरण गरे । गाउँका बिपन्न बर्गमा अहिले परेको समस्याकाे मध्यनजर गरि बितरण गरिएको खाद्यान्न कुनै पार्टीगत नभई व्यक्तिगत रुपमा हजुरबुबाकाे,सम्झना स्वरुप बितरण गरेको बिशाल शिंहले बताए । राष्ट्रमा संकट अाएकाबेला हजुरबुबाकाे सम्झना स्वरुप अति आवश्यक सामान गाउँमा नै ल्याएर वितरण गरिएको कार्य सम्झना याेग्य रहेको शिंहको भनाइ छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका दार्मा गाउँपालिका वडा नम्बर ५ का पार्टी सभापति कुल बहादुर चन्द,नेपाल बिद्यार्थी संघ कर्ण्ााली प्रदेशका उपाध्यक्ष रमेश के.सि , नेपाली काग्रेसका नेता धनराज चन्द, भुम चन्द ,राम शाह, टेक बहादुर के.सि , तरुण दल सल्यानका जिल्ला सदस्य बिरेन्द्र चन्द ,समाजसेवी हिम ब चन्द , खुमराज चन्द , महेश हमाल,नाेखिराज के.सि, ज्यष्ठ नागरिक खलु खत्री लगाएतकाे सहभागिता रहेको थियो ।

 

२०७६ चैत्र १७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको