कोरोना आशंकामा पाटन अस्पताल भर्ना गरिएका बिरामीको मृत्यु


चैत १७, काठमाडौं । कोरोना आशंकामा पाटन अस्पताल भर्ना गरिएका एकजना बिरामीको सोमबार मृत्यु भएको छ । उनको परिक्षणको रिपोर्ट आइपुगेको छैन।

अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माले सो अस्पतालमा कोरोनाको आशंकामा तीनजनालाई आइसोलेसनमा राखिएको मात्र बताए ।

३६ वर्षका ती बिरामी भारतबाट फागुन १४ गते आएका थिए । उनकाे आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको ३ बजे रिपोर्ट आएपछि मात्र मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ ।

१६ वर्षमै भारतीय सेनामा भर्ती भई १८ वर्षदेखि कार्यरत् उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको थियो ।

२०७६ चैत्र १७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको