कोरोना रोकथामका लागि सडकमा डिसइन्फेक्सन स्प्रे छर्दै नेपाली सेना [भिडियोसहित]


चैत्र १७, भक्तपुर,  कोरोना भाइरस नियन्त्रणका लागि उपत्यकाका भित्रका वडापालिकामा स्थानीय सरकार, सरोकारवाला संस्थाहरु र प्कोरहरी सेनाको समन्वयमा ‘डिसइन्फेक्सन’ कार्यक्रम लागु गरेको छ । केहि किटनासक औषधिहरु पानीमा मिलाएर पम्पद्वारा सडक तथा गल्लि चोकहरुमा स्प्रे भैरहेको छ ।

यसरि आइतबार भक्तपुरको मध्यपुर ठिमीका वडाहरुमा डिसइन्फेक्सन स्प्रे भएको थियो । मध्यपुर ठिमी २ मा स्थानीय सरकार, नेपाली सेना र प्रहरीको सहयोगमा सडक, गल्लि र चोकहरुमा स्प्रे भएको थियो । स्प्रेले विभिन्न किटाणुका साथै कोरोना भाइरसलाइ समेत डिस इन्फेक्सनमा सहयोग पुर्याउने मध्यपुर् ठिमी २ का वडाध्यक्ष राम थापाले बताए ।

सडक गल्लीहरुमा डिस-इन्फेक्सनका लागि स्प्रे गराउन स्थानीय बुद्दिजिबि तथा समाजसेवीहरुको समेत पहल रहेको थियो । स्थानीय सरकारसंग समन्वयगरि स्प्रे गराउन जुटेको स्थानीय समाजसेवी रबी भण्डारीले बताए  ।

मध्यपुर ठिमी नगरपालिकाको आयोजनामा सम्पूर्ण वडाभरि डिस-इन्फेक्सन स्प्रे गर्ने कार्यक्रम रहेको वडा नम्बर सातका वडासदस्य सुजन पौडेलले बताए ।

स्थानीय सरकारको उक्त कदमप्रति स्थानीयबासी बलाराम रेग्मीले खुसि व्यक्त गरे ।

मगर धुन्चो पोलिक्लिनिकका संचालक मुरारी नेपालले सडक गल्लि स्प्रे गर्ने सेना तथा प्रहरीलाई माक्स, सेनिटाईजर, ग्लोब्सहरु निशुल्क सहयोग गरेका थिए ।

त्यसैगरी ललितपुरमा ग्वार्को चोक बिकास संस्था र उक्त क्षेत्रको स्थानीय सरकार ७ नम्बर वडा र १७ नम्बर वडाको समन्वयमा डिस-इन्फेक्सन स्प्रे कार्यक्रम सम्पन्न भएको छ ।  ग्वार्को चोक बिकास क्षेत्र भित्र स्प्रे भैरहेको उक्त संस्थाका अध्यक्ष पन्ना काजि महर्जनले बताए ।

भिडियो:

१७ चैत्र २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको