सल्यान कपुरकोटको एक वडा कार्यालमा अज्ञात समुहद्वारा आगजनी


माघ १६, सल्यान । अज्ञात समुहले सल्यान कपुरकोटको एक वडा कार्यालमा आगजनी गरेको छ ।

कपुरकोट गाउपालिकाको ५ नम्बर वडा कार्यालयमा बुधबार राती आगजनी गरेको वडा अध्यक्ष यम कुमार बस्नेतले जानकारी दिए । रिम शितल बजार नजिक रहेको वडा कार्यालयमा ढोकाको ताला फोडेर भित्र पसि सम्पुर्ण कोठामा आगजनी गरेको पाइएको उनले जनाए ।

वडा कार्यालयमा रहेका सम्पुर्ण कागजात र सामग्रीहरु जलेर नष्ट भएका छ्न् । विहिबार बिहान १० बजेतिर कार्यालय खोल्दा मात्रै आगलागी बारे थाहा भएको कार्यालय सहयोगी पदम बहादुर बिकले बताए । उनले भने, ‘ढोकाको ताला फोडेर भित्र पसी पेट्रोल छर्केर आगो लगाएको जस्तो देखियो, घटना बारे थाहा पाउनासाथ मैले वडा अध्यक्षज्युलाइ जानकारी गराए ।

’वडा कार्यालयमा आगो लगाउने समुहले एउटा ल्यापटप लगेको बताइएको छ । पन्जिकरणका सम्पुर्ण श्रेष्ता सहितका महत्वपूर्ण जागजातहरु, डेक्स्टप कम्प्युटर, प्रीन्टर, सोफा सेट थान, कुर्सी, टेबुल, कार्पेट, पर्दा, ईन्टरनेट सम्बन्धी सामग्री, दराज लगाएतका सामग्री पुर्ण रुपमा जलेको वडा अध्यक्ष बस्नेतले बताए । प्रहरिले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

१६ माघ २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको