संसद विघटन गरेर ओलीले देश र जनतालाई धोका दिए :नेता पौडेल


पुस १४, काठमान्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य देवेन्द्र पौडलले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर देश र जनतालाई धोका दिएको बताएका छन् । संविधानमा उल्लेख नभएको कुरालाई असंवैधानिक बाटोबाट संसद् विघटन गरेर देश र जनतालाई धोका दिएको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको चरम दुरुपयोग गर्ने चाहना पूरा गर्न संसद विगघटन गरेकाले त्यसयता उत्पन्न राजनीतिक संकटका कारण देश गम्भिर संकटको अवस्थामा पुग्न सक्ने भन्दै पौडेलले सडकबाट सचेत नागरिकले खबरदारी गर्नुपर्ने बताए । उनले सडकबाटै सदन पुनःस्थापना गरेर पाँच वर्षको कार्यकाल पूरा गर्नुपर्नेमा जोड दिए ।

मंगलबार आफ्नो समुहले बागलुङमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गर्न नदिएको भन्दै संसद् विघटन गर्ने प्रधानमन्त्रीले पार्टीले वातावरण सिर्जना गर्दा समेत काम गर्न नसकेर असंवैधानिक कदम चालेको टिप्पणी गरे ।

‘निर्मला पन्त, वाईडबडी, ललिता निवासलगायतका काण्डहरुको चर्चा हुँदा पार्टीले वातावरण नबनाएको भए के हुन्थ्यो’ पौडेलले प्रश्न गर्दै भने ‘सहयोग गर्दा असहयोग भयो भन्नु, के प्रधानमन्त्रीको हातखुट्टा पार्टीले बाँधिदिएको थियो ?’ पार्टीमा छलफल भएकै आधारमा ओलीले देश र जनतालाई धोखा हुनेगरी प्रतिगामी कदम चालेको उनले आरोप लगाए ।

सरकारलाई काम गर्न अफ्ठेरो नहोस् भनेर पूर्व एमाले र माओवादीको बिचमा एकता हुने बेलाका सहमतिसमेत प्रचण्ड पक्ष लचिलो हुँदा त्यसलाई प्रधानमन्त्रीले कमजोरीका रुपमा लिएर अहंकारमा निर्णय लिएको उनको आरोप थियो ।

आफ्नो भाषणको अधिकांश समय पत्रकारहरुमार्फत प्रधानमन्त्रीलाई सन्देश पु¥याउने शब्दावली प्रयोग गरेका पौडेलले संविधानको धारा ७६ पनि उत्तिनै पटक दोहो¥याए । ‘संबिधानको धारा ७६ हेर्नुहोस् के व्यवस्था छ’ उनले भने ‘संसद विघटन सरासर असंवैधानिक र अलोकतान्त्रीक कदम हो ।’ दुई पार्टी मिलेर बनेको नेकपा आफ्नो पक्ष संस्थापन भएको दाबी गर्दै पौडेलले पार्टी पुर्नगठन हुने बताए ।

१४ पुष २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको