दाङमा हालसम्म कोरोनावाट ३० जनाको मृत्यु

फाइल तस्बिर

मङ्सिर १४, दाङ । कोरोना विशेष अस्पताल बेलुझुण्डीमा घोराहीकी एक महिलाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १० निवासी ६९ बर्षीया ती महिलाको आइतवार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिएका छन् ।

ती महिलाको मंसिर ४ गतेदेखि आइसियूमा भर्ना गरि उपचार भइरहेको थियो । उनी दमको विरामी थिइन । त्यसमा निमोनिया पनि भएपछि उपचारका क्रममा मृत्यु भएको वलीले जानकारी दिएका छन् । यो संगै बेलझुण्डी अस्पतालमा हालसम्म ४ जना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार आइतवार सम्म दाङका ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

१४ मंसिर २०७७, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको