मुकेश चौरसिया ह’त्या प्रकरण: नेकपा नेता गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता


कात्तिक १३, काठमाडौं । पर्साका मुकेश चौरसिया ह’त्या प्रकरणमा सत्तारुढ नेकपाकै नेता राजकुमार गुप्तासहित १२ जनामाथि जाहेरी दर्ता गरिएको छ। गुप्ता पूर्वसंविधान सभा सदस्य हुन्।

उनी केपी ओलिनिकट नेता मानिन्छन्। आ’क्रमण गर्ने दुईजना घटनालगत्तै उनको घरबाट प’क्राउ परेका थिए । त्यसैले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मुख्य योजनाकार गुप्ता नै भएको आ’रोप लगाइरहेका छन्।

नेकपाकै दुई पक्षबीच झ’डप हुँदा ग’म्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृ’त्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले मुकेश चौरसियाको ह’त्या अभियोग किटानी जाहेरी दर्ता नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय पर्साले जाहेरी दर्ता गरेको नेकपा पर्साका इन्चार्ज रामचन्द्र साहले जानकारी दिए ।

नेकपाको विन्दवासिनी गाउँपालिकाको सपथ ग्रहण कार्यक्रममा भएको झ’डपमा परी ग’म्भीर घा’इते भएका जिल्ला सदस्य तथा गाउँकमिटी सचिव चौरसियाको गएको बिहीबार उपचारको क्रममा मृ’त्यु भएको थियो। घटनाको एक सातापछि वकिल कार्यालयमा जाहेरी दर्ता भएको हो।

जाहेरी दर्ता भएपछि चौरसियाको पोस्टमार्टम पनि हुने भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको चौरसियाको श’वको भोलि (शुक्रबार) बिहान पोस्टमार्टम हुने र आफ्नै गाउँमा अन्त्येष्टि गरिने इन्चार्ज साहले बताए ।

वकिल कार्यालयले जाहेरी दर्ता गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएको छ ।

२०७७ कार्तिक १३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको