सिद्ध सुकिदह कृषि संस्थाले दशैँ शुभकामना आदान-प्रदान गर्यो, २५ बर्ष पछी संस्था पुनरुत्थान

प्रतिबन्धित विप्लव नेकपाका प्रतिनिधि आक्रोस र गाउँपालिका अध्यक्ष बिर बहादुर खत्री

कात्तिक १३, काठमाडौं । रोल्पा गंगादेव २ मा रहेको श्री सिद्ध सुकिदह कृषि उद्धमी कृषक संस्थाले दशैँ अवसरपारी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा स्थानीय सरकारका प्रमुख बिर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने उपप्रमुख रिता घर्तिको विशिष्ट आतिथ्यता रहेको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि तथा वडाध्यक्ष भुपाल दमाई र विभिन्न पार्टी प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । सत्तारुढदल नेकपाका प्रतिनिधि खड्क बहादुर वली, नेपाली काँग्रेस गंगादेव गाउँपालिका सभापति दिपेन्द्र बहादुर डाँगी, प्रतिबन्धित विप्लब नेकपाका प्रतिनिधि जंग बहादुर भण्डारी ‘आक्रोस’ राप्रपाका प्रतिनिधि सेते वली, गाउँपालिका प्रेस संयोजक अशोक ओली लगायत अन्य स्थानीय बुद्धिजीवी तथा समुदायको उपस्थिति रहेको थियो ।

स्थानीय समुदायले हालसम्म पानीको हाहाकार बेहोरिरहेको जनाउदै पानीको ब्यबस्थापन गरिदिन स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थिए । वडा नम्बर २ रमाई गाउँमा एक वटा मात्रै रैथाने कुवा रहेको र उक्त कुवामा रहेको पानी लिन लाइनमा बस्नु पर्ने सरकार समक्ष गुनासो सुनाएका थिए । बाह्र जथाकबाट खाँदै आएको पानी ३ नम्बर वडाका केहि व्यक्तिहरुले रोकी दिएपछि पानीको संकट भएको सुनाउदै, उक्त समस्या समाधानका लागि स्थानीय सरकार समक्ष उजुरी गर्दा समेत न्याय नपाएको उनीहरुको गुनासो थियो ।

स्थानीयबासीको गुनासो पछी गाउँपालिका अध्यक्ष बिर बहादुर खत्रीले पानीको ब्यबस्था गरिदिने आश्वासन दिएका थिए । भोगचलन गर्दै आएको बाह्र जथाकको पुरानो खानेपानीलाई यथावत संचालन गराइदिने प्रतिबद्दता समेत दिएका थिए । पानीको मुहान वा स्रोतको खोजि गरेर नयाँ खानीपानी योजनामा समेत सहयोग गर्ने अध्यक्ष खत्रीले बताएका थिए ।

जनयुद्धको थालनी भन्दा दुई महिना अघि स्थापना भएको उक्त संस्था युद्द्कै कारण अघि बढ्न नसकेको र सँस्थालाई हाल पुनरुत्थान गर्दै पुनः संचालनमा ल्याएको संस्थाका अध्यक्ष बालकृष्ण ओलीले बताए । जिल्ला प्रशासन कार्यलय रोल्पामा दर्ता नम्बर ३१ रहेको उक्त सँस्थालाई कृषि उद्धमीका रुपमा बिकशित गर्ने ओलीले जनाए ।

कार्यक्रमका सभापति रहेका ओलीले संस्थालाई प्राबिधिक तवरले सक्षम बनाउन जेटिए कर्मचारीको ब्यबस्थापन गराई सहयोग गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

रोचक प्रसंग के थियो भने प्रतिबन्धित विप्लव नेकपाका प्रतिनिधि तथा स्यांजा जिल्ला इन्चार्ज आक्रोस र गंगादेव गाउँपालिका अध्यक्ष बिर बहादुर खत्री उक्त कार्यक्रमको एउटै मन्चमा अतिथि रहेका थिए ।

२०७७ कार्तिक १३,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको