असोज १३, काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ने भएको छ । मंगलबार नेपाल–चीन सीमाको मितेरी पुलमा बसेको बैठकमा असोज १९ गतेदेखि नाका खुल्ने सहमति भएको हो ।
‘१८ गते जाङ्बु पोर्टबाट जाँच पास सुरु हुने र १९ गतेबाट नेपालमा सामान आउने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । धेरै सामान अड्किएकाले सुरुमा दुई टोलीले काम गर्ने उनले बताए ।
बैठकमा नेपालबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी, सशस्त्रका प्रमुख, भन्सार प्रमुख, अनुसन्धानका प्रमुखलगायत सुरक्षा निकायका प्रमुखहरु छलफलमा सहभागि भएका थिए।
प्रतिक्रिया दिनुहोस