सम्झनाका ह’त्या अभियुक्त सार्वजनिकः प्रमाण बोले पनि आरोपित बोलेनन्


असोज १३, बझाङ । बझाङ प्रहरीले सम्झना कामीका ह’त्या आरोपीलाई सार्वजनिक गरेको छ ।

सम्झनाकोे ह’त्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो । यही असोज ७ गते मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको ह’त्या भएको थियो ।

गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको श’व स्थानीय शिव मन्दिरभित्र अ’र्धन’ग्नाव’स्थामा फेला परेको थियो । अभियुक्त बोहरावि’रुद्ध अर्की एक बालिकामाथि पनि ज’बर्ज’स्ती कर’णी गरेको जाहेरी परेको छ । सोही ठाउँकी १३ वर्षीयालाई ज’बर्ज’स्ती क’रणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले ब’लात्का’रपछि ह’त्या गरेको सबै प्रमाण रहेको जिकिर गरे । अभि’युक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन् ।

आ’रोपितका बुवा वीरबहादुरले आफ्ना छोराले अ’पराध गरेको भए फाँ’सीको सजाय दिन सकिने भए पनि दिनुपर्ने बताए ।

 

२०७७ आश्विन १३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको