असोज १३, सल्यान । एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएपछी सल्यानको कपुरकोट गाउँपालिकामा ‘क्लोज कन्ट्याक्ट’ मा रहेकाहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।
९ असोजमा संक्रमण पुष्टी भएका कपुरकोट ३ का एक पुरुषमा संक्रमण पुष्टी भएपछी उनको ‘क्लोज कन्ट्याक्ट’ मा रहेका १८ जना र क्वारेन्टाइनमा बसेका ९ जना गरी २७ जनाको स्वाब सोमबार संकलन गरेर मंगलबार नेपालगञ्ज पठाइएको कोििभड–१९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुृमार सेनले जानकारि दिए ।
संक्रमीत ब्यक्तिलाई नेरामावि किमुचौर स्थित आइसोलेसन सेन्टरमा राखिएको छ । उनी स्वास्थयकर्मीको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
आइसोलेसनमा प्रदेश सरकारको तर्फबाट खटाइएका दुई जना स्वास्थयकर्मीहरुले निगरानी, उपचार गरिरहेका छन् । आइसोलेसनमा खटिएका स्वास्थयकर्मी करण ओलीका अनुसार संक्रमित पुरुषमा कुनै पनि कोरोनाका चिन्ह, लक्षण देखिएको छैन, र उनी सामान्य अवस्थामा छन् ।
यसैवीच कपुरकोट ३ स्थित कालिका मावि क्वारेन्टाइनमा हाल २ जना महिला र ७ जना पुरुष रहेको गाउँपालिकाले जनाएको छ । उनीहरु पनि सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस