दाङमा खाद्यान्नले दश हजार क्विन्टल धान खरिद गर्दै


असोज १३, दाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर दाङले यो वर्ष जिल्लावाट दश हजार क्वीन्टल धान खरिद गर्ने भएको छ ।

कार्यालय प्रमुख माधव मिश्रले यो वर्ष खाद्य कार्यालयले दाङवाट दश हजार क्विन्टल किसानले उत्पादन गरेको धान खरिद गर्ने तयारी गरिरहेको जानकारी दिए ।

केन्द्रको निर्देशन अनुसार आफुहरुले किसालने उत्पादन गरेको दश हजार क्विन्टल धान दाङबाट खरिद गर्ने मिश्रले बताए । ‘ हामीलाई माथिवाट दश हजार क्वीन्टल धान दाङवाटै खरिद गर्न निर्देशन आएको,’ मिश्रले भने ‘ हामी कृषि मन्त्रालयले निर्धारण गरेको मूल्यमा किसानवाट धान खरिद गर्ने छौं।’

धान खरिदको प्रक्रिया दशैं पछाडि नै सुरु हुने मिश्रले बताए । सरकारले यो वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूलल्या साउनमै निर्धारण गरिसकेको छ ।

सरकारले यो वर्षका लागि वर्षे धानको सरकारले यो वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्या निर्धारण गरेको छ। सरकारले अनुसार मोटो धानको प्रति क्वीन्टल २ हजार ३३१ रुपैया र मध्यम धानको २ हजार ४६० रुपैयाँ मूल्य तोकेको छ।

१३ आश्विन २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको