असोज १३, काठमाडौँ । काठमाडौंको कंलकीमा नक्कली लाेककल कुखुराकाे बिगबिगि मच्चिएको छ ।
बाेईलर कुखुराकाे चल्लालाई कालाे राताे मेहेन्दी र रङ्ग लगाएर लाेकल भन्दै महंगोमा विक्री गर्ने समूह सक्रिय भएपछि कंलकी र काठ क्षेत्रमा यस्तो बिगबिगी मच्चिएको हाे ।
यसरी बाेईलर कुखुरालाई मेहँन्दी लगाएर विभिन्न किसिमको कृतिम रङ्ग लगायदै लाेकल बनाउदै बिक्री गर्दै अाएका भारती नागरिक हरूलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेकाे छ ।
सेताे चल्लालाई कालाे राताे रङ्ग लगाउदै गर्दा काठमाडौं कंलकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहा कालीमाटी बृत्तले पक्राउ गरेका छ ।
करिव अन्दाजी २० हजार गाेटा तयारी तथा रङ्ग लगाउन बाकी चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी अपिल राज बाेहराले बताए ।
बाेईलर भन्दा लाेकल वा गिरिराज चल्ला महङ्गोमा विक्रि हुने भएकाले चल्ला ल्याउदै महङ्गोमा बिक्रि गर्ने गरेको खुलासा भएको छ । बोहराले भने- ‘अाफ्नाे फाईदाका लागि गलत काम गर्नेलाई पक्राउ गरेका छाै, अनुसन्धान जारी छ दाेषी देखिए कानुन अनुसार कारबाही हुन्छ ।,’
उक्त गिराेहले राजधानीका विभिन्न क्षेत्रमा लाेकल, गिरिराज र काेईलर भन्दै १० रूपयामा गरिद गरि ल्याएकाे चल्ला दुई सय देखि ३ सयसम्म विक्रि वितरण गर्दै अाईरहेका थिए ।
प्रतिक्रिया दिनुहोस