उपत्यकामा एकैदिन ९ सय ३४ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ? विवरणसहित]


असोज १३, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ९ सय ३४ जनामा कोरोना पुष्टि भएको हो । यो एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो ।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडाैँमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ । यो सहित संक्रमितको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

२० हजार ३८९ कोरोनाका सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ७०७ जना छन्।

पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् भने कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

हेर्नुस विवरण 

२०७७ आश्विन १३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको