टिचिङ अस्पतालकी स्वास्थ्यकर्मीको कोरोनाबाट मृत्यु

फाइल तस्बिर

असोज १३, काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालकी ५७ वर्षीया स्वास्थ्यकर्मीको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

काठमाडौं ठेगाना भएकी उनको मंगलबार बिहान सवा सात बजे मृत्यु भएको अस्पतालका कोभिड टिमका सदस्य डा. सविन थपलियाले जानकारी दिए ।

मृतक अस्पतालमा वार्ड एटेन्डेन्ट थिइन् । मृतक स्वास्थ्यकर्मीमा दम र थाइराइडको पनि समस्या थियो।

उनमा संक्रमण पुष्टि भएपछि भने निमोनियाको पनि समस्या देखिएकाले असोज ३ गते आइसियूमा भर्ना गरिएको थियो।

पछि भेन्टिलेटरबाट निकालिए पनि उनको स्वास्थ्यमा सुधार नदेखिएको डा. थपलियाले जनाए । मृतक स्वास्थ्यकर्मीको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ।

२०७७ आश्विन १३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको