देशभर थपिए १५१३ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २० हजार नाघ्यो


असोज १३, काठमाडौं । मंगलबार थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८९१ जनाकाे पिसिआर परीक्षण भएकाेमा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ।

यस्तै काठमाडौँ काठमाडौं उपत्यकामा मात्र ९३४ कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ।

२०७७ आश्विन १३,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको