असोज १३, काठमाडौँ । विश्व माहामारी कोरोना संक्रमणको परिक्षण गर्न शुल्क महङगो भएको गुनासोका बिच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भए नभ्उको लजाँच गर्न एउटा नया उपकरण प्रयोगमा आउने बताएको छ ।
उक्त उपकरणबाट सस्तो पर्न जाने भनाई सार्वजनिक गरेको छ । लगभग नयाँ उपकरण माफर््त रु ५५० नेपाली रुपैयामा कोरोना परिक्षण हुने जनाएको छ । त्यो भनेको अमेरिकी ५ डलर हो ।
यस्ले जहाँ स्वास्थ्यकर्मीको कमी छ र प्रयोगशाला पनि कम त्यहा फाईदा पुग्ने डब्ल्यूएचओले जानकारी गराएको छ । त्यस्तै उक्त उपकरणबाट गरिब तथा कम आय भएका मानिसहरुलाई समेत मद्धत्त पुग्ने छ ।
उक्त कुरा डब्ल्यूएचओका महानिर्देशक डाक्टर डा. टेडरोसले पत्रकारसँगको कुराकानीमा सार्वजनिक गरेको बिबिसीले जनाएको छ । डा. टेडरोसले भनेको छन ‘परीक्षणको हिसाबले र अत्यधिक प्रभावित इलाकाका लागि यो एक महत्वपूर्ण उपलब्धि साबित हुनेछ ।’
त्यसैगरी उनले भने, ‘यो परीक्षणले धेरैभन्दा धेरै मानिसहरुको परीक्षण हुनेछ । यो ती इलाका र देशका लागि निकै महत्वपूर्ण साबित हुनेछ जहाँ परीक्षण गर्नका लागि प्रयोगशालासमेत प्रशिक्षित स्वास्थ्यकर्मीको कमी छ ।’
त्यसैगरी उनले भने, ‘यो नयाँ उपकरण निकै सजिलै ल्याउन– लान सकिन्छ । यसले नतिजा पनि केही मिनेट (१५ देखि २० मिनेट) भित्र नै प्रदान गर्दछ ।’
यो सम्झौताको फाइदा संसारका १ सय ३३ देशलाई हुनेछ जसमा ल्याटिन अमेरिकाका थुप्रै देश समावेश हुने जनाएको छ । त्यस्तै यी देश महामारीले नराम्रोसँग प्रभावित देशहरुको लागी पनि सजिलो हुने जनाएको छ ।
अहिले डब्ल्यूएचओले नयाँ परीक्षण उपकरणको कुरा यस्तो समय गरेको छ जब संसारभरी कोरोनाभाइरसका कारण मारिएकाको संख्या १० लाख पार भइसकेको छ । तै पनि विश्व स्वास्थ्य संगठनले यो परीक्षणको निकै तारिफ पाएको छ ।
संगठनले तत्काल यस उपकरणबाट ६ महिनाभित्र १२ करोड परीक्षण गर्ने बताएको छ । हालै मात्र औषधी निर्माता कम्पनी ऐबोट एण्ड एसडी बायोसेनरले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशनसँग मिलेर १२ करोड परीक्षण तयार गर्न सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस