नेकपाले गर्यो रोल्पाको गंगादेवमा युवा संगठन नेपाल गठन


भदौ १३, रोल्पा । नेत्र विक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपा गंगादेब गाउँपालिकाले वडास्तरीय युवा संगठन नेपाल गठन गरेको छ ।

गंगादेब ३ मा खिम बहादुर वलीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको नेकपा गंगादेब गाउँपालिकाका इन्चार्ज किरणले जानकारी दिए । शनिबार सम्पन्न भएको एक भेला बिच पार्टीको युवा दस्ता ‘युवा संगठन नेपाल’ गरेको जनाइएको छ ।

इन्चार्ज किरणका अनुसार भेला तथा प्रशिक्षण कार्यक्रममा गंगादेब ३ का करिव ७० भन्दा धेरै युवाहरुको उपस्थिति रहेको थियो । भेला तथा प्रशिक्षण कार्यक्रमको सभापति नेकपा गंगादेब पार्टी सेक्रेटरी राम बहादुर डाँगी रहेका थिए भने प्रमुख अतिथि इलाका इन्चार्ज किरण र अतिथिमा नेकपा गंगादेबका सत्ता प्रमुख पूर्ण बहादुर वली रहेका थिए । कार्यक्रमलाई युवा संगठन रोल्पा जिल्लाका सदस्य असलले संचालन गरेका थिए ।

त्यसैगरी गएको मंगलबार ९ गते गंगादेब गाउँपालिका ५ नम्बर वडामा पनि वडास्तरीय युवा संगठन नेपाल गठन भएको थियो । लाल बहादुर मल्लको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको इन्चार्ज किरणले जानकारी दिए । इलाका इन्चार्ज किरणको प्रमुख अतिथ्यतामा अन्य अतिथिहरु पार्टी जिल्ला समिति सदस्य टिम र सागरको उपस्थिति रहेको थियो ।

१३ भाद्र २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको