शनिवार देशभर ८ सय ८४ जनालाई कोरोना संक्रमण पुष्टि


भदौ १३, काठमाडौं । शनिबार देशभर कोरोनाका ८ सय ८४ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ।

विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका छन्।

आजमात्रै १० हजार ९ सय ७१ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर गरिएको छ।

 

१३ भाद्र २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको