पछिल्लो २४ घण्टामा नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि


साउन १४, काठमाडौं | पछिल्लो २४ घण्टामा नेपालमा थप २१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३६० रहेको छ ।

कोरोनाबाट हालसम्म ४९ जनाको मृत्यु भैसकेको छ | स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४६ जनाले कोरोनाविरुद्दको लडाई जितेर घर फर्किएका छन् । योसँगै १४ हजार ०२१ जनाले कोरोनाविरुद्दको लडाई जितेर घर फर्किएका छन् । हाल क्वारेन्टाइनमा १४ हजार ४७१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७७ श्रावण १४,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको