विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २ लाख नाघ्यो, यस्तो बढी प्रभावित १० देशको पछिल्लो अवस्था


असार १५, काठमाडौं | गत डिसेम्बरमा चीनको वुहान शहरबाट फैलीएको कोरोना भाइरसबाट यतिबेला विश्व नै आक्रान्त बनेको छ | कोभिड-१९ नाम दिइएको उक्त भाइरसका कारण यो सामाचार तयार पार्दासम्म ५ लाख ५ हजार ४६८ जनाले ज्यान गुमाइसकेका छन् |

विश्वका २ सय १३ देशमा फैलिएको यो भाइरसका कारण विश्वभर १ करोड २ लाख ९४ हजार ४०९ जना संक्रमित भएका छन् | कुल संक्रमितमध्ये ५५ लाख ८६ हजार ८३९ जनाले कोरोनाको लडाई जितेर घर फर्किएका छन्, भने ४२ लाख २ हजार १०२ जना उपचाररत छन् | जसमध्ये ५७ हजार ४८१ जना गम्भीर रहेको वल्डोमिटरको तथ्यांकमा देखिएको छ |

कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म २६ लाख ४० हजार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ | कुल संक्रमितमध्ये १ लाख २८ हजार ४६१ जनाले ज्यान गुमाइसकेका छन् |

यी हुन् कोरोनाबाट सबैभन्दा प्रभावित १० देश :

अमेरिका
कुल संक्रमित : 2,640,080
मृत्यु :128,461
निको हुनेको संख्या : 1,093,927

ब्राजिल
कुल संक्रमित :1,345,470
मृत्यु :57,659
निको हुनेको संख्या : 733,848

रसिया
कुल संक्रमित :641,156
मृत्यु :9,166
निको हुनेको संख्या : 403,430

भारत
कुल संक्रमित :559,910
मृत्यु :16,757
निको हुनेको संख्या :327,561

बेलायत
कुल संक्रमित : 311,965
मृत्यु :43,575
निको हुनेको संख्या :..

स्पेन
कुल संक्रमित : 295,850
मृत्यु :28,343
निको हुनेको संख्या: ..

पेरु
कुल संक्रमित : 279,419
मृत्यु :9,317
निको हुनेको संख्या :167,998

चिली
कुल संक्रमित : 271,982
मृत्यु :5,509
निको हुनेको संख्या: 232,210

इटाली
कुल संक्रमित : 240,310
मृत्यु :34,738
निको हुनेको संख्या: 188,891

इरान
कुल संक्रमित : 225,205
मृत्यु : 10,670
निको हुनेको संख्या : 186,180

२०७७ असार १५,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको