सोमबार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, थप एकको मृत्यु


असार १५, काठमाडौं | नेपालमा सोमबार थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय १३ महिला र ३ सय ६६ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार २ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी बितेको २४ घण्टामा १३ महिला र १ सय ८ पुरुष गरी १ सय २१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा आज कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणबाट हुनेको संख्या २९ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

२०७७ असार १५,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको