नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु


असार १५, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ |

ललितपुरको स्टार अस्पतालमा उपचाररत रौतहटका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उनी दमका रोगी थिए | उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केही बेरपछि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

मृत्युपछि स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो | योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

२०७७ असार १५,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको