घरमा कोहि नभएको मौका छोपी आफ्नै छोरीमाथि बलात्कार, ३९ वर्षीय बाबु पक्राउ !


असार १५, काठमाडौं : भनिन्छ नि आजका कोपिला भोलिका फुल | जब त्यहि कोपिला चुडिएको खबर आउँछ नि तब लाग्छ प्रकृति पनि यति कठोर बनिदिउन् कि कुनै पनि कुराको सृष्टि नै नगरिदिउन् |

अब त यहाँ सृष्टिकर्ता पनि आफैं भक्षक हुन थाले | के तपाई सोच्नु सक्नुहुन्छ आफ्नै बाबुद्वारा छोरी बलात्कृत भई भन्दा ? एकचोटी सोच्नुस् त ! हो सल्यानमा यस्तै घटना घटेको छ |

सल्यानमा आफ्नै बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् | त्यो पनि १३ वर्षीय बालिका छोरी ! आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

सल्यानको शारदा नगरपालिका–१२ का ३९ वर्षीय एक पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौका छोपेर ती पुरुषले छोरीलाई बलात्कार गरेरको प्रहरीले बताएको छ। ती व्यतिलाई घर नजिकैबाट उनलाई पक्राउ गरिएको बताइएको छ।

पक्राउ परेका व्यक्तिविरुद्ध जबर्जस्ती करणी तथा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरिएको छ । उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

२०७७ असार १५,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको