दाङमा पनि देखियो सलह किरा


असार १५, घोराही । भारत हुँदै नेपाल प्रवेश गरेका सलह किरा दाङमा पनि देखा परेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेमा आइतबार सलह किरा फेला परेका हुन् ।

खाद्रेमा सानो झुण्डमा सलह किरा देखा परेको र त्यसले बालीनालीमा क्षति नपुर्याएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख सन्देश धितालले बताए ।

स्थानीयले अस्वाभाविक रुपमा फट्याङ्ग्राहरु उडेको देखेपछि केहीलाई समातेर राखेका थिए । ती फट्याङ्ग्राका फोटा कृषि ज्ञान केन्द्र दाङको टोलीले नेपाल कषि अनुसन्धान परिषद (नार्क)मा पठाएको र नार्कले सलह किरा नै भएको पुष्टि गरेको धितालले बताए । ती सलह किराको समूह कपिलवस्तु हुँदै दाङसम्म आइपुगेको अनुमान गरिएको छ ।

२०७७ असार १५,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको