सुनेनौ की रुकुम पश्चिमको उदण्ड ?


दिपा बुढा मगर, प्रकृतिले समान रुपमा उपहारस्वरूप मान्छेको जन्म दियो तर मान्छे भएर जन्मेर पनि मान्छेलेनै मान्छेलाई पशुको दर्जामा राखेको छ । पशुपन्छिमा त बाच्न पाउने अधिकार हुन्छ भने आजको यो युगमा पनि मान्छे भएर बाच्न पाउने अधिकारहरु खोसिएको छ । प्रेमको सार्बभौम अधिकार खोसिएको छ । अचम्म लाग्दैन ?

रुकुम पश्चिममा एकजना नबराज मान्छेले आफ्नो प्रेमको आहुती दिए । हामी दन्तेकथामा सुन्दै आएका कुराहरु आज आफ्नै जमानामा घट्यो । अनौठो लाग्छ ।

कहाँ गयो राज्य ? राज्यको नियमकानुन ? कहाँ गए ती मानबअधिकारबादीहरु ? कहाँ गयो मानबता र मानबिय ? यो दुनियाँमा जातपात भन्ने कुरा नेपाल भारत लगायत केही दक्षिण एसियामा मात्रै सिमित छ । जहाँ हिन्दु धर्म हुन्छ त्यहाँ जात प्रथा हुन्छ । बिरोध धर्मको होइन, असमानताको हो । कसैको आस्थामा चोट पुग्न गएमा माफी चाहन्छु ।

म बाहुन समुदायको बिरोधी पक्कै होइन तर ब्राह्मणबादको घोर बिरोधी हुँ । दुनियाँमा थुप्रै ठाउँमा बर्ग बिभाजनहरु भए, वर्ण बिभाजनहरु भए, श्रम बिभाजनहरु भए तर दक्षिण एसियामा पैंतीस सय बर्ष अगाडी गरिएका वर्ण बिभाजनको परिणाम हामी अझै भोगिरहेका छौँ ? जातको उत्पतीको मुल कारण यहि हो ।

सोचौं बालक आमाको पेटबाट भर्खरै भुइँमा झर्दा उ कुन भाषामा रुन्छ ? कुन जातको स्वभाब झल्काएर रुन्छ ?
मात्र उसको भाषा भनेको च्याच्या नै हो । यो च्याच्या कुन भाषा हो ? कुन धर्म हो ? कुन जाती हो ? कुन भुगोलको आवाज हो ?

बैज्ञानिक प्रमाणानुसार मात्र तीन वर्ण छ दुनियाँमा । त्यो हो १. मङ्गोल २. आर्य र ३. निग्रो (हप्सी) । यो बाहेक दुनियाँमा कुनै पनि जात छैन । यदि छ भने त्यो फेक हो ।

घाम उडाउँछ, सबैको लागि भनेर उडाउँछ । हावा सबैको लागि समान रुपमा बहन्छ । प्रकृतिको लागि हामी सबै बराबरी हो, सराबरी हो । मानिसलाई समान रुपले बाच्नको लागि प्रकृतिले जन्म दिएको हो । यहाँ न तेरो छ, न मेरो छ । सबैको हकअधिकार समान छ । प्रेम गर्न सबैलाई अधिकार छ । प्रक्रुतिले न जातपात छुट्टाएको हुन्छ, न धर्म संस्कार छुट्टाएको हुन्छ्ह, न रङ्गभेद न छुट्टाएको हुन्छ । यदि छुट्टाएको छ भने यो सबै फेक कुरा हो ।

जसरी अफ्रिकामा रंगभेद थियो, नेल्सन मन्डेलाले त्यो रंगभेदलाई चकनाचुर पारे । त्यसरी नै नेपालमा वर्ण भेद छ । जातिय भेद छ । यसको पनि चिहान खन्न जरुरी छ । कथित जातिय पृथकताबादी मान्छेहरुले जति घोक्रो फुलाएर रुकुम पश्चिममा घटेको घटनालाई जातिय बिभेदले घटेको घटना होइन भने कराए पनि सत्य बाहिर आइसकेको छ । प्रशासन किनबेच हुनसक्छ, कानुनका धाराहरु बदलिन सक्छ, न्यायाधीशहरु प्रभावमा पर्न सक्नुहुन्छ, फैसला नबराज बिकको बिपक्षमा पनि हुनसक्छ । हामीलाई थाहा छ, यो हुनसक्छ । इतिहासमा पनि भएका थिए ।

नेपालमा यो वर्ण र जातिय भेदको अन्त्य हुनैपर्छ । मानबले मानबलाई चिन्नुपर्छ । माबबियता हुनैपर्छ, झल्काउनै पर्छ । होइन भने यो समाज समाजमा अकाल्पनिय बिद्रोहमा जान्छ । सबै सचेत हुन जरुरी छ । यसैमा मानव भएर जन्मिनुको सार्थक रहने छ ।

नेपालमा वर्ण भेदको हाबी छ। जसले गर्दा आज नबराज बिक जस्तो युवाहरुले अकाल्मै अमुल्य जीवन गुमाउनु परेको छ । बर्ग मुक्तिको नाममा दस बर्ष भएको माओवादी जनयुद्धको प्रतिफल यहि हो त ?

छुवाछूत मुक्त क्षेत्र घोषणा भनेको केवल देखाउनको लागि गरिएको रहेछ भनेर यहाँ प्रष्ट भएको छ । जनार्दन शर्माले संसदमा दिएको अभिव्यक्तिले उनमा पनि बाहुनबाद हावी भएको बुझ्न सकिन्छ । उनले यो घटनालाई जातिय बिभेदको रुपमा लिन नचाहनुको कारण यहि हो ।

अब नबराजले न्याय पाउँछ पाउँदैन ? रुकुम पश्चिमका जनप्रतिनिधि जनार्दन शर्माको ठूलो परिक्षाको समय आएको छ ।

अहिले देशभरी नारा लागिरहेको छ-
भोग्यौं अनेकौ तन्त्र, अझै नि बिभेदले घेरेको ।
हामी रोईरहेका छौँ, हामीलाई हेरेर नहास्नुहोस ।
हामी माथी राजनिती नगर्नुहोस् ।
बोल पिएम अब त बोल, बोल्दैमा अछुत त नहोला ।
सुनेनौ कि रुकुमको उदण्ड, बोल्दैनौ त प्रचण्ड ।
बुझबुझ ए साथीभाई, सन्चो छ कि बिसन्चो छ देउवालाई ।
मिडियालाई हाम्रो सलाम छ, धेरै छलछाम छ ।
यो नारा यो देशले सुन्छ सुन्दैन ?

२०७७ जेष्ठ १६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको