बैशाख १७, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले जनता निरास भएको बताएका छन् ।
बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै पूर्वसभामुख महराले संकटको बेला एकताबद्ध हुनुपर्नेमा सत्तारुढ पार्टीभित्रै विवाद बढ्नु दुःखद भएको बताएका हुन् । कोरोना महामारीले विश्व आक्रान्त बनेको र देश लकडाउनमा भएको बेला राष्ट्रिय एकता अपरिहार्य रहेको भन्दै पूर्वसभामुख महराले अहिलेको अवस्था सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला भएको बताएका छन् ।
‘मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन् । यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन’, विज्ञप्तीमार्फत् महरालेभनेका छन्, ‘दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु।’
हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ
प्रेस वक्तव्य महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनेको छ । कोरोना भाइरस संक्रमणबाट नेपाल पनि प्रभावित भएको छ। देश अहिले लकडाउनको अवस्थामा छ । अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको छ।
अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ। हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला हो। मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन्।
यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन। दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपील गर्दछु।
१७ बैशाख, २०७७
कृष्णबहादुर महरा पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य, दाङ
प्रतिक्रिया दिनुहोस