अमेरिकामा एकैदिन २४ सय बढीको मृत्यु


बैशाख १७, अमेरिका । अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु भएको छ । यहाँ मृतकको संख्या ५९ हजार नाघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ मंगलबार २४ सय ७० को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ५९ हजार २ सय ६६ रहेको छ ।

साथै यहाँ पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ९ संक्रमित थपिएका छन् । हालसम्म यहाँ कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ रहेको छ ।

यसका साथै यहाँ कूल संक्रमितमध्ये १५ हजार २ सय ९८ को अवस्था चिन्ताजनक छ भने हालसम्म १ लाख ४२ हजार निको भएर घर फर्किसकेका छन् ।

१७ बैशाख २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको