चैत १६, काठमाडौं । सरकारले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको छ ।
आइतबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
घरभाडा मिनाहा गर्ने घरबेटीको घर बाहाल कर नलिने बैठकले निर्णय गरेको बताइएको छ ।
यस्तै सरकारले असंगठित क्षेत्रका दैनिक ज्यालादारीलाई स्थानीय तहले राहत दिने परिवारको लगत तयार गर्ने र स्थानीय तहले दैनिक खाद्यान्न पुग्ने गरी लकडाउन अवधिभरका लागि रहात दिने निर्णय पनि सरकारले गरेको छ ।
प्रत्येक स्थानीय तह र प्रदेशले आफ्ना कोष खडा गरी राहत दिन सक्ने अपर्याप्त भएमा नेपाल सरकारले राहत दिन सक्ने निर्णय पनि सरकारले गरेको छ ।
प्रतिक्रिया दिनुहोस