स्वास्थ्य मन्त्रालयले भन्यो: ‘केही महंगो भएपनि अनियमिता भएको छैन’


चैत १६, काठमाडौं । कोरोना नियन्त्रणका लागि चीनमा खरिद गरिएको सामाग्री उच्च मूल्यको रहेको भन्दै आलोचना भएपछि स्वास्थ्य मन्त्रालयलयले विश्वव्यापी रुपमै सामानको अभाव रहेकाले स्वास्थ्य सामाग्रीको मूल्य केही बढी भएको दाबी गरेको छ।

मन्त्रालयले एन ९५ मास्क, पर्सनल प्रोटेक्टिभ इक्युपेमन्ट (पीपीई) लगायतका उपकरणको पहिलो खेप आइतबार राति काठमाडौं ल्याएको छ । तर एन ९५ लगायतका मास्कको महंगो मूल्यमा किनिएको भन्दै सरकारको आलोचना भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरेका छन् । अरु देशमा पनि सामानको अभाव रहेको भन्दै उनले भने, ‘केही महंगो भएको हुनसक्छ । तर समयमा नपाउँदा प्रभाव पर्ने भएकाले ढिलो गर्नु भएन ।’

नेपालमा पहिलो केस देखिएर २३ जनवरीमा निदान भए लगत्तै कोरोनासम्बन्धी स्वास्थ्य सामाग्री किन्न खोजेको र त्यसका लागि टेन्डर गर्दा पनि नपरेपछि यस्ता सामान आपूर्ति गर्नेहरूको बैठक बसेको मन्त्रालयको दाबी छ ।

२४ घन्टाको समय दिएर स्वास्थ्यका सामान ल्याउने डिलरसँग सामान ल्याउनेबारे कुरा गर्दा ५-६ जनाले छ भनेको तर २ जनाको मात्र प्रस्ताव गरेको महानिर्देशक श्रेष्ठले दाबी गरे । ती २ डिलर कुन कुन हुन् सो भने मन्त्रालयले केही पनि खुलाएन ।

‘अहिले स्वास्थ्यको सामान ग्लोबल सर्टेज छ । त्यसैले केही महंगो भएको हुनसक्छ,’ पत्रकार सम्मेलनमा महानिर्देशक श्रेष्ठले भने, ‘अभावका बीचमा किन्दा पहिलेको भाउमा पाइँदैन । दाताहरुले दिएको रेट पनि पहिलाको भन्दा बढी छ ।’

१६ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको