काठमाडौंबाट पक्राउ परे एकाबिहानै लकडाउन उल्लंघन गर्ने ६१७ जना


चैत १६, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने ६ सय १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी कार्यालयका अनुसार आइतबार बिहान साढे ७ बजेसम्ममा लकडाउन उल्लंघन गर्दै सडकमा निस्किने ५ सय १२ पुरूष र १ सय ५ महिलालाई पक्राउ गरिएकाे हो।

त्यस क्रममा एउटा गाडी र १ सय २ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैबीच आजदेखि प्रहरीले पक्राउ परेकालाई प्रहरी कार्यालय नलैजाने भएको छ । पक्राउ परेकाहरूलाई पक्राउ गरिएकै ठाउँमा २ घण्टा राखेर छाडिने महनगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेलले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणको जोखिमका कारण प्रहरीले लकडाउन उल्लंघन गर्नेविरूद्ध यस्तो नीति लिएको हो ।

शनिबार नै प्रहरीले पक्राउ गरेर लैजाँदा पक्राउ पर्ने र प्रहरी दुवै जोखिममा पर्ने भएकाले सामुदायिक स्थलमै होल्ड गर्ने नीति लिएको जानकारी दिएको थियो ।

१६ चैत्र २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको